- गोबिन्द पौडेल, इलाम समाचारदाता
साउन १३, इलाम । मानव जीवन सहजताको लागि गरिने बिकासलाइ साबधानी नपनाए बिनास पनि निम्ताउन सक्छ तर कतिपय बिकासले मानव जीवननै जोखिममा राखेको छ ।
बिगतमा दिगो बिकासको अवधारण बिनानै जथाभाबि सडक निमार्ण र बिजुलीको पोलहरु राखिएको कारण बिभिन्न दुर्घटनाहरु भइरहदा इलामको सूयोदय नगरपालिका वडा नं ६ मा पनि जोखिमपूर्ण अवस्थामा बिजुलीको पोल रहेको पाईएको छ ।
सुयोदय नगरपालिकाको हर्कटे बजारबाट रोङ हुदै झापा जोडेने सडकको बिस्तारहुदा हर्कटे बजारबाट करिव ३ किलोमिटर मा रहेको बाटो माथि बिजुलीको मुख्यलाइन रहेको पोलमुनी सडक बिस्तारहुदा उक्त पोल को जग कमजोर बनेको छ । बाटो बनाउदा पोल जोगाउन ढिस्कना राखिएपनि पोलको फेदमुनी करिव १५ फुटको डिल बनेको नजिकै बाटोमा रहेको लोक बहादुर प्रधान, मेषराज भुजेल र अर्को एक घर सोही स पोलका मसनी रहेका हुदा उक्त घरहरु जोखिममा रहेका छ अझ घर नजिकै सडकको छेउमा रहेका अर्को पोल भने करिव ६० डिग्री जतिमा लर्की सकेको र मुनी रहेको सल्लाको बोटमा तारहरुले छोइसक्दापनि सरोकारवला निकाय मौन भएर बसेको छ ।
यो त एउटा उदहारण मात्रै हो गाउका टोलहरुका रुखको लाथ्रोमा टागिएका बिजुलीका तारहरुलाइ टेको दिएर राखेको प्रसस्त देख्न पाइने गरेको छ । केही दिन अघिमात्रै इलामको फिक्कलबजारमा बिजुलीको तारमा आगालागी हुदा जनजिवन त्रसिद बनेको थियो । सामान्य असाबाधानी भएमा मात्रै धेरै जन धनको नोक्सानी पुग्ने भएकोले यस्ता संभब्य जोखिमलाइ ब्यवस्थापन गर्नुपर्ने आम नागरिकहरुको माग रहेको छ ।