• २०८० मङ्सिर १५ गते शुक्रवार

कविता : हाम्रो समय

पढ्न लाग्ने समय : १ मिनेट
  • सरु आस्था

बुढो घाम डाँडाबाट
बुर्लुक्क तल झर्दा
का तमाम गरेर
घर फर्केका घांसका भारीहरु
डल्लेठो र कुट्टाकोदालाहरु
ब्रिफ्केस र फाईलहरु
एकपटक फर्केर हेर त
आजको समय,
तर
कति छिट्टै विगत भइदिन्छ
त्यसलाई पुन फर्केर हेर्न
स्मृतिपटल उतार्नु बाहेक
फगत सुन्य मात्र रहन्छ ।

जिवनमा वर्तमानको पुल तेर्साएर
विगत र भविष्य जोडिन्छ
समय निरन्तर बगिरहन्छ
बगिरहन्छौं हामीपनि समयसगैं
विगत फर्कदैन भविष्य भेटिदैन
त्यसैले,
वर्तमान फगत वर्तमान
हाम्रो उन्नति प्रगतिका गोरेटोहरु
विसगंत र विभत्सताका कथाहरु
दुर्नियत नियतिका व्यथाहरु ।।

तारकेश्वर नगरपालिका ५, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस