बैशाख १६, नुवाकोट । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने नुवाकोट, ओखरपौवा सिसडोलमा स्थानियको अवरोधले फोहोर फाल्न रोकिएको छ ।
स्थानियहरुले बिभिन्न माग राखि फोहोरका गाडी रोकेका हुन । उनिहरुले सिसडोलको फोहोर व्यवस्थापन हुनु पर्ने, मुअब्जा वितरणमा बैज्ञानिक प्रणाली लागु गर्नु पर्ने एवम फोहोर फाल्न बन्चरेमा निर्माण कार्य गर्नु अघि सिसडोलको उचित व्यवस्थापन गर्नु पर्ने माग रहेको छ ।सिसडोलमा हाल काठमाडौं, ललितपुरको फोहोर लगेर फाल्ने गरिदैं आएको छ ।