• २०८० असोज ५ गते शुक्रवार

डोजर भिरबाट खस्दा २१ वर्षीय अप्रेटरको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

चैत्र १५,ख्याउरिङ । नयाँ सडक खन्ने क्रममा डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

सडक खन्ने क्रममा माथिबाट झरेको ढुंगाले धकेलेर स्काभेटर भीरबाट करिब ५० मिटर तल खस्दा श्रेष्ठको घटनास्थलमै मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी डीएसपी श्याम सारुमगरले जानकारी दिए।

संखुवासभाको सभापोखरी गाउँपालिका-४ ख्याउरिङमा शाखा सडक निर्माण गर्ने क्रममा माथिबाट आएको ढुंगाले लागेपछि करिब ५० मिटर तल खस्दा स्काभेटरका अप्रेटर जुगल गाउँपालिका-१ सिन्धुपाल्चोक घर भएका २१ वर्षीय पतरुस श्रेष्ठको मृत्यु भएको हो।

सडक खन्ने क्रममा दुर्घटना परेको डोजर ३० मिटर मात्र तल खसेको भएपनि चालक श्रेष्ठ उछिट्टीएर ५० मिटर तल पुगेको डीएसपी सारुमगरले बताए।

मृतक श्रेष्ठको शव पोष्टमार्टमका लागि अस्पताल लागिएको छ भने घटनाबारे टहप अनुसन्धान अगाडी बढाइएको छ।

प्रतिक्रिया दिनुहोस