चैत १५, काठमाडौँ । आज शुक्रबारको पनि परिक्षा रद्द गरेको विरोधमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको गोलबजार नगरपालिका ८ चोहरर्बा अगाडि विद्यार्थीले टायर बालेर सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
शुक्रबार आज सामाजिक विषयको प्रश्नपत्र बाहिरिएर परीक्षा रद्ध भएपछि घर फर्किन वाध्य भएका विद्यार्थीले जनता नमुना माध्यामिक विद्यालय अगाडि प्रर्दशन गरेका हुन् । बिहिबार पनि विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो ।