- सुदर्शन अर्याल ‘सितल’
वास्तविक लोकतन्त्रका लागि बहस र पैरवी गर्नुपर्दा लोकतन्त्र वा जनवाद आफैमा निकै ठूलो र बृहतपरिभाषाले बेिरएको छ । यसको विश्लेषण र व्याख्या हरेकले आ–आफनै ढंगले गर्न सक्दछन् । आदिम कालमासामन्तवादी लोकतन्त्र थियो । कतिपय विश्लेषकले उदार लोकतन्त्रलाई मात्र वास्तविक लोकतन्त्र मान्दछन भनेकतिपयले माक्र्सवाद, समाजवाद र साम्यवादका विपरितका क्रियाकलापलाई लोकतन्त्र मान्दछन । त्यसैगरी बुर्जुवा वर्ग (पूँजीपती वर्ग) ले उदार राज्यव्यवस्था, खलुा बजार, खुला अर्थतन्त्र र पुँजीपती वर्गको अधिनायकत्वलाई वास्तविक लोकतन्त्र मान्दछ । सबकै आ–आफनै विचार विश्लेषण भएतापनि लोकतन्त्र सबैको साझा शासन प्रणाली बनेको छ, योसत्य हो। तर सबैको साझा परिभाषाको लोकतन्त्र किन हुन सकेन त ? सबैकोसाझा वास्तविक लोकतान्त्रिक प्रणाली कुन हो त ? कस्तो शासन प्रणाली सबैको साझा वास्तविक लोकतान्त्रिक शासन प्रणाली हो? भन्ने तर्फ कसैले पनि वकालत गरेको पाइएन । माक्र्सवादले लोकतन्त्रलाई बर्गीय राज्यको रुपमा अनुशरण गरेको छ भने वर्गबिहीन समाजको स्थापनाका लागि पूँजीवादी र सामन्तवादी अधिनायकत्वको अन्त्य अनिवार्य छ भनि विश्लेषण गर्दछ । साथै निजी स्वामित्वबाट सामूहिक स्वामित्व, एकल निर्णयलाई सामूहिक सहभागितामा आधारित निर्णयमा बदल्नु वास्तविकलोकतन्त्रको आधारभूत जग मान्दछ । पूँजीवादी लोकतन्त्रलेसिमित व्यक्ति, धनीमानी र सम्भ्रान्तहरुलाई मात्र यसको जग मान्दछ ।
तसर्थ वास्तविक लोकतन्त्रको विश्लेषण गर्ने शाब्दिक रुपमा कुनै पनि कोण फेला पार्न सकिएको छैन । यहाँ व्यवहारिक रुपमा विश्लेषण गरी वास्तविक लोकतन्त्रको परिभाषा पुष्टि गर्ने प्रयत्न गरिएको छ । शाब्दिक रुपमा लोकतन्त्र भनेको जनताले जनताका लागि जनताद्धारानै गरीने शासन प्रणालीलाई लोकतन्त्र वा प्रजातन्त्र भनिन्छ । यो लोकतन्त्रलाई परिभाषीत गर्ने सरल तरिका पनि हो। तर यति परिभाषाले मात्र लोकतन्त्रको वास्तविकता लाई बोक्न सक्दैन। किनकी हामीले आज यूग सुहाउँदो लोकतन्त्रको परिभाषा खोजिरहेका छौं । सामाजिक आवश्यक्ता, उत्पादनका आधुनिक तरिका, बिज्ञानको विकास र मानविय विकाससँगै लोकतन्त्रले आफ्नो स्वरुप र परिभाषालाई फेर्दै आइरहेको छ। तर पनि हामी पुरातनवादी सोचको लोकतन्त्रको परिभाषालाई लोकतन्त्रको परिभाषा ठानीरहेका छौं ।
लोकतान्त्रिक सामन्तवाद के हो ?
आफ्नो जिविकोपार्जनका लागि निरिह बनेर अरु कसकै हुकुम र आदेशमा धेरै परिश्रमद्धारा कम प्रति फलपाउने स्वतन्त्रता, स्वभिमान र अधिकारबिहीन अवस्थालाई सामन्तवाद भनिन्छ । यस्तो तरिकाले संचालन भएको शासन प्रणालीलाई सामन्तवादी शासन प्रणाली भनिन्छ । यो दुई किसिमले देखा पर्दछ एउटा समाजमा र अर्काेराज्य प्रणालीमा । समाजमा हुने सामन्तवादी चरित्र विशेषतः किसान र ज्यालादारी मजदुरहरु प्रतिको व्यवहारमा देखिन्छ भने राज्यप्रणालीमा हुने सामन्तवादी चरित्र स्थायी मजदुर र श्रमीकहरु प्रतिको व्यवहारमा देखिन्छ । अहिले प्रणाली लोकतन्त्रमय छ तर मजदुर, किसान र श्रमीक वर्गमाथि हुने विभेद यथावत नै छ । श्रमको शोषण उस्तै नै छ । मिहनेतको दाजोमा प्रतिफल न्यून नै छ । आज्ञाकारी मजदुर र किसानहरुको आवश्यक्ता छ तर उनीहरुप्रति गर्ने हकुम र आदेशको चरित्र सामन्तवादी शैली कैछ । जो उनीहरुको लागि मात्र काम गरुन र उनीहरुको खटनपटनमा चलुन । आफूहरु माजे मस्तीमा रमाउने र राज्यप्रतिको दायित्व के हो विर्षदै गइरहेका छन । राज्यको ढुकुटी आफ्नै आसेपासे र सेवा सुविधाका लागि बढि खर्च गर्दछन । राज्यको हित र समाजका तमाम समस्यालाई बेवास्ता गरिएको छ । दमन, थिचोमिचा, अन्याय र अत्याचारले विकराल रुप लिइरहेकोछ । झटु बोल्नु, दलाली गर्नु र काल्पनीक विकासका सपनाहरुले ढकमक्क पार्नु यस्तो प्रणालीका संचालकहरुको दैनिकी भएको छ । सार्वजनिक हितका कानून बनाइन्छ तर व्यवहारमा हुकुमीतन्त्र अपनाइन्छ । सोझासाझा जनताका लागि कानूनका तिर तेसाईन्छ तर शासकका लागि त्यही कानून खरिद बिक्री गरीताडे मोड गरिन्छ । समयक्रमसँग विस्तार श्रमीक, मजदुर र किसानहरुको अधिनायकत्व बढ्दैछ अनि समाजमा भएकाआम शोषित पिडित सहितको सहभागीतामा त्यहाँ विद्राहे हुनपुग्दछ । जुन विद्रोहले सामन्ती सत्ताको अन्त्य गर्दछ र नयाँ लोकतान्त्रिक व्यवस्थाको जन्म गराउँदछ । जहाँ जनताको जिवन स्तर उकास्न र विभदेको अन्त्य गर्न सम्पूर्ण वर्ग, समूदाय र समाजको प्रतिनिधित्व गर्दै सद्भाव र समझादारीमा राज्यसत्ता संचालन होस भन्ने सबैको चाहना हुनपुग्दछ । तर यसरी स्थापित लोकतन्त्रमा पनि सामन्तवादकै व्यवहार र आचरण अपनाइन्छ, जनतालाई ढाँट्ने र छल्ने काम गरिन्छ, आर्थिक, सामाजिक र सास्ं कृतिक विभेदको अन्त्य गरिदैन, शासन सत्तामा रमाउनेर सत्तालाई आय आर्जनको थलो बनाइन्छ, श्रमको शोषण गरिन्छ, जनताका कामहरुलाई ढिलासुस्ति र दुःख दिने गरिन्छ, नेतृत्वको जिवनशैली सामन्तीहरुकै जस्तो बनाइन्छ, स्वेच्छाचारिता अपनाइन्छ, नेतृत्व वर्गमा आएको आर्थिक सुधारलाई समाजको आर्थिक परिवर्तन भयो भनिन्छ, जनताले तिरेको कर आफ्नो सुविधामा लगाईन्छ, भ्रष्टाचार र अनियमिततालाई आर्थिक आर्जनको श्रोत बनाईन्छ, सामन्तीकै जस्तो विलासी र सास्टंग दण्डवतको अपेक्षा गरिन्छ, जनताको अभिमतलाई रोजगारीको अवसरका रुपमा परिणत गरिन्छ, सामन्तीहरुको भन्दा पनि अकुत आर्जन गर्ने अवसर लोकतन्त्रलाई बनाईन्छ, नेतृत्वको निहीत स्वार्थ र हितका लागि कानून बनाईन्छ, आफ्नो सुख र आनन्दलाई जनताको आनन्द मानिन्छ, नातावाद, कृपावाद र भनसुनमा आफूलाई ओजस्वी ठानिन्छ भने त्यस्तो आचरण र व्यवहारले लोकतन्त्रलाई धुमिल बनाउँदछ र त्यहाँ लोकतान्त्रिक सामन्तवादको जन्म हुनपुग्दछ । यसैलाई लोकतान्त्रिक सामन्तवाद भनिन्छ । २०४६ सालको आन्दोलनबाट प्राप्त लोकतन्त्रले २०७५ सालको अन्त्यको उत्तरार्धसम्म आइपुग्दा राष्ट्र र जनताले भोगेको र खपेको प्रहार यही नै वास्तविकता हो।
नातावाद, कृपावाद र झुटले पार्टीगत हित गराउँला तर यसलेराष्ट्रिय हित कदापि गर्नेछैन । राष्ट्रको बहृत्तरहितका लागि नेतृत्ववर्गमा उच्च सोच र दृण इच्छा शक्ति हुनु आवश्यक छ । विभिन्न बहानाबाजी र झटुका खेतीले लोकतन्त्रमा हुनुपर्ने बहृत अनुशासन र कर्तव्यलाई मारिँदा समते जनता चुप लाग्नु विडम्बनाको बिषय हो। नेतृत्व वगर्को जीवन शैलीमा आएको परिवर्तनलाई मात्र लोकतन्त्र मान्नेहो वा समाज र वस्तिमा भएको विभेद र शोषणको परिवर्तनलाई लोकतन्त्र मान्ने हो? नत्र भने नेतृत्व वर्गमा आएको विलासीताले सामन्तवाद गएकोहामी कसरी भनिरहेकाछौं ? नेतृत्ववर्गमा भएको आर्थिक विकास, अथाह सम्पत्तीको भण्डारण र चिल्ला गाडीका लाबालस्करले साच्चै हाम्रो शासन प्रणाली, समाज र बस्तीबाट सामन्ती गयो या नयाँ रुपमा भित्रीयो ? बुझ्नुपर्ने बेला भएकोछ । तसर्थ वर्तमान शासन प्रणाली लोकतान्त्रिक सामन्तवादी शासन प्रणाली हो । हामीले यसलाई लोकतन्त्र भनिरहेका छौं किनकी यसकोमापन गर्ने हिम्मत गरेका छैनौ । लोकतान्त्रिक सामन्तवादी अवस्था लोकतन्त्रको विकृत अवस्था हो । यहीँ कारणले अहिलेलोकतन्त्र विकृत बनिरहेको छ । लोकतान्त्रिक सामन्तवादको अन्त्य र वास्तविक लोकतन्त्र स्थापनाका लागि यसको शुिद्धकरण र रुपान्तरुणका लागि तल भनिएझ सचेतना सहितको शसक्तीकरण गर्नु जरुरी छ ।
वास्तविक लोकतन्त्र के हो ?
लोकतन्त्रले आफ्नो परिभाषाको यकिन मापन यन्त्र विकास गर्न नसकेता पनि जनताप्रति उत्तरदायि, जिम्मेवार र जवाफदेहीतालाई यसको मापन मान्न सकिन्छ । देश र समाजका सबै वर्ग, क्षेत्र, समूदाय, तह र तप्कामा भएका विभेद र असमानतालाई हटाउनका लागि समान र सरल रुपमा राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक पक्षहरुलाई जडानगर्ने कला वा कौशललाई वास्तविक लोकतन्त्र भनिन्छ । नेतृत्वमा भएको उच्च अनुशासन र कर्तव्यनिष्ट व्यवहारबाटअझ योवास्तविक बन्दछ । जवाफदेहिता, उत्तरदायित्व, जिम्मेवारी, निष्पक्षता र पारदर्शिता यसका आधारभूत स्तम्भहरुहुन । लोकतन्त्रले सामूिहकतामा आधारित सामूहिक सहभागिताको वकालत गर्दछ । राष्ट्रर समाजमा भएका तमाम मजदुरर किसान वर्गको हित नै लोकतन्त्रले आफ्नो प्राण मान्दछ । लोकतान्त्रिक प्रणालीका नेतृत्वकर्ताहरुको उच्च नैतिकता र कर्तव्यनिष्ट व्यवहारको अपेक्षा गर्दछ । अझ नेतृत्व कर्तामा उच्च शहनशिलता र धैर्यताको अटुटविम्म हुनुपर्दछ भन्ने कुराको उजागर गर्दछ । साथै उत्पादन प्रणालीको विकास गर्दै आन्तरिक पूँजीमा बृिद्ध गरी जनताका लागि स्वरोजगार र राष्ट्रप्रति स्वाभिमानी हुन सिकाउँदछ । वास्तविक लोकतन्त्रले मजदुर र किसानहरुलाई आफ्नो स्वामित्व सम्झन्छ । तसर्थ मजदुर र किसानवर्गसंग यसको सोझो सम्बन्ध हुन्छ । वास्तविक लोकतन्त्रले राज्यमा भएका स्रोत, साधन र अवसरहरुमा हरेक नागरिकको सहज र सरल किसिमले पहुँच पु¥याउँदछ । जातीय, धार्मिक, भाषिक र क्षेत्रीय विभेदको अन्त्य गरी सबै नागरिकमा भातृत्व र आत्मसम्मानको विकास गराउँदछ । स्वार्थ, अहंकार र विलासीतालाई यसले आफ्नो मर्मप्रति प्रहार भएको बुझ्दछ । समाजमा जकडीएर बसेको सामाजिक र सांस्कृतिक विभेदको अन्त्यका लागि सचेतनामुलकसशक्तीकरण अभियान चलाउँदछ । प्रणालीमा भएको लोकतान्त्रिक परिवर्तनलाई व्यवहारीक रुपमा समाज र व्यक्तिमा अनुभूति दिलाउनका लागि यस्ता ठोस कदमहरु चाल्दछ र यस्तो प्रणाली मात्र वास्तविक लोकतन्त्र हुन सक्दछ भन्नेविश्लेषण छ र यही नै सबैको साझा परिभाषा भित्रपर्ने लोकतन्त्र हुनुपर्दछ ।
समाजवादको शुरु विन्दु कुन हो ?
पुँजीको विकास वा पुँजीवादीहरुको सहयोग विना वास्तविक लोकतन्त्र वा समाजवादको स्थापना असम्भव नै छ । तसर्थ यस्तो पुँजीवादी अवस्था विकृत पुँजीवादी अवस्था नभएर समाजवादी लोकतन्त्र प्राप्तीकोप्यूपा अवस्था हो। असल राजनीतिज्ञले मात्र यस्तो अवस्थाको आंकलन गर्नसक्दछ । साथसाथै त्यहाँ मजदुर किसानहरुको हिस्सा पनि ठूलोपंक्तीमा विकसित भइसकेको हुन्छ । यसरी ठूलो पंक्तीमा बृद्धि भएको मजदुर र किसान वर्गको शक्तिबाट पँजीवादी अधिनायकत्वका केही हाँगाहरु छिमल्ने काम गरिन्छ र पुँजीवादमा रहेको लोकतन्त्र स्वतः समाजवादी लोकतन्त्रमा रुपान्तरण हनु पुग्दछ । यहीँ नैवास्तविक लोकतन्त्र वा समाजवादी लोकतन्त्रको सुरुको विन्दु बन्दछ ।
उदाहरणका लागि जस्तैः एउटा व्यक्तिबाट ४० लाख लगानी गरी कुनैएउटा व्यवसाय सचांलन गर्दछ । सुरुमा उसले आफु सहित २० जना मजदुर राख्दछ । मानौ उसको कम्तीमा मासिक आम्दानी दुई लाख राखियो भने २०महिनामा उसले गरेको लगानी प्राप्त गर्दछ । अब राज्यले २१ औं महिनाको शरुुबाट त्यस्तो उद्योग वाव्यवसायलाई २० जनाको सामूहिक अधिकारमा आउने व्यवस्था मिलाउनु पर्दछ । जसले गर्दा लगानीकर्तालाईपनि अन्याय भएन । उद्योग एकल स्वामित्व र वितरण प्रणालीबाट सामूहिक स्वामित्व र वितरण प्रणालीमारुपान्तरण हुनपुग्दछ । योअवस्था नै पूँजीवादबाट समाजवादी रुपान्तरणको शुरु विन्दु हो। पुँजीवादी विकासको चरणको अवधि कति हुने त्यो पुँजीपती वर्गको लगानीको आधारमा राज्यले तय गर्नुपर्नेछ ।
यसरी पुँजीपतिवर्ग र श्रमजिवी वर्गमा भएको बर्गिय विभदेका पनि अन्त्य हुन्छ । सहज र समान रुपमा उत्पादनको वितरण हुन पुग्दछ । एकल नेतत्व र निर्णयहरु सामूिहकतामा परिणत हुनपुग्दछन । वास्तविक लोकतन्त्र वासमाजवादी लोकतन्त्रको यो साझा अवधारणा पनि हो । यसरी त्यहाँ विकृत पुँजीवादको जन्म नभएर समाजवादको यात्राका लागि लार्भा वा प्यूपा पुँजीवादको विकास भएको हुन्छ । यस्तो पुँजीवादले श्रमिक वा किसान वर्गको अधिकार र स्वामित्वको निश्चित अवधि निधार्रण गर्दछ । पुँजीवादी निर्माण र समाजवादी रुपान्तरण निरन्तर संचालन गराउन सक्नुनै राज्यले समाज र देशलाई समाजवादी यात्रामा अग्रसर बनाइरहनु हो । किनकी पुँजीको विकास नै सभ्य र सु–सस्कृत समाजको आधारशिला हो । समाजवादको वकालत गर्ने तर पुँजीपती वा लगानीकर्तालाई विकृत पुँजीपती र लगानीकर्ताको रुपमा देखिरहनेहो भने त्यो काल्पनीक समाजवादको वकालत मात्र हो। तर त्यस्तो पुँजीवाद श्रमीक वर्ग वा कामदार वर्गको श्रम र मेहनतलाई शोषण गर्ने खालको नभएर अधिकार र स्वामित्व दिनेगरी शासन प्रणालीले नियमन र नियमित गराउन सक्नुपर्दछ । यस्तोपुँजीवादी अवस्था समाजवादमा रुपान्तरणका लागि हो भन्ने कुरा शासन प्रणालीले चिन्न र बझुन सक्नुपर्दछ ।