• २०८० फाल्गुन १० गते बिहिवार

बाजुराका पुर्णवीर नेपालीको दुबैइमा हत्या, श्रीमानको लास नेपालमा ल्याउन सहयोग माग्दै श्रीमति सदरमुकाम मार्तडीमा भौतारिदै

पढ्न लाग्ने समय : २ मिनेट

पौष, १२ बाजुरा। बाजुराको हिमाली गाँउपालिका वडा नं. ७ बस्ने पुर्णवीर नेपालीको दुबैइमा हत्या भएको छ । कमाउन गएका पुर्णवीरको एकसाता पहिले दुबैइमा हत्या भएको उनका आफन्तले वताएका छन् ।

पुर्णवीर कम्पनिले दिएको कोठामा बस्दै आएका थिए । राति चर्पि जाने क्रममा ढोकामा हत्या गरेर उनलाई फालिएको अबस्थामा भेटाइएका थिए । मृतक सँगै एउटै कम्पनिका काम गरिरहेका रामलाल बिकले भने साँझ एउटेै कोठामा खाना खाएका थियौ, उनि बाहिर चर्पी गएका थिए, तर उनि मृतक अबस्थामा फेला परेको उनले वताए । पुर्णवीर नेपालीलाइ धारीलो हतियार प्रहार गरि हत्या भएको हुन सक्ने बिकले वताएका छन् ।
उनको हत्या भएको १ साता भएपनि उनको लाश दुबैइमा नै अलपत्र रहेको छ, अहिले सम्म लाश नेपाल ल्याउन सकेका छैनन् । बाजुराको हिमाली गाँउपालिका ७ बस्ने मोहनलाला बिक, सोही वडाका ललिजगं शाहि र वडा नं. ६ बस्ने गणेश नेपालीलाई दुबैइ प्रहरीले समातेर अनुसन्धान गरिरहेको दुबैइ बाट रामलाल बिकले वताए ।
मृतक पुर्णवीर नेपाल बाट दुई बर्ष पहिले डेल्टा प्रालि म्यानपावर मार्फत दुबैई पुगेका थिए । दुबैईको चाईना डेस्टाट कम्पनिमा काम गदै आएका थिए । दुबैइ प्रहरीले अहिले छानमिन भईरहेको बताएको छ । मृतक पुर्णवीरकि श्रीमति बिजसरा नेपाली लाश नेपालमा ल्याउन पहलकालागी सदरमुकाम मार्तडी पुगेकी दलित अधिकारकर्मि गोरख सार्किले बताएका छन् । उनले रुदै भक्कानिदै भनिन मृत्यु भएको खबर आएको एक हप्ता भयो, नेपालमा लाश ल्याउने सरकारले कुनै पहल गरेको छैन्, मृत श्रीमानको लास कसरी नेपाल मगाउने कुनै उपायनै नभएको वताईन् ।
मुत्यक का बुबा ऐभान नेपाली पनि छोरो को लास कसरि नेपाल ल्याउने कुनै अत्वपत्व नभएको बताउन्छन, हाम्रो लागि को निकायले सहयोग गर्लान दुख मा साध दिने र बिदेशमा कि लास कि त सास ल्याईदिने निकायको खोजिमा रहेको बताएका छन । ऐभानले थपे घटना कसरी भयो कसले गर्यो, केही जानकारी नभएको वताए । कम्पनि मा काम गरिरहेका रामलाल बिकले भने अचानक दुख घटना घट्यो, कोठाको ढोका नजिकै ढलिरहेको देख्ने बितिकै अस्पतालमा लिईदालिदै अस्पताल ले मुत्यक घोषणा गरेको हो, अहिले प्रहरीले अनुसधान गरिरहेको वता

प्रतिक्रिया दिनुहोस