• २०८० फाल्गुन १० गते बिहिवार

हामीले जे भनेका थियौँ, त्यही गरेका छौ : अध्यक्ष प्रचण्ड

पढ्न लाग्ने समय : १ मिनेट

पौष, १२ काठमाडौँ  । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा गरिएको प्रतिवद्धताअनुसार नै नेकपा र सरकारले काम गरिरहेको बताएका छन् ।

आज बालुवाटारमा आयोजित प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘पार्टी एकता लागि हामीले जे भनेका थियौँ, त्यही गरेका छौ । पाँच वर्षको लागि सरकार दिन्छौँ भनेका थियौँ त्यो हामीले दिएका छौँ’ ‘पाँच वर्षको लागि बनेको सरकारले इमानदारीका साथ काम गरिरहेको छ ।’

इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काम सचेत व्यक्तिले गरेको हुने उल्लेख गर्दै प्रचण्डले भने, ‘अहिले हामी जुन अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशमा छौँ । यस अवस्थामा जनमत निर्माण गर्ने आवश्यकता छ । र जनमत गर्ने काम सञ्चारमाध्यमले गरेको छ । त्यसमा‌ पनि इन्टरनेट र डिजिटलाइज्डले मुख्यरूपमा काम गरेको छ ।’

प्रतिक्रिया दिनुहोस