• २०८२ बैशाख १७ गते बुधवार

लागुऔषधसहित सशस्त्र प्रहरीको टोलीले एक युवकलाई पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पौष १२,  सिरहा  । सिरहामा ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीको टोलीले एक युवकलाई पक्राउ गरेको छ ।

शुक्रबार बिहान बरियारपट्टीमा   स१०प ७१५३ नम्बरको मोटरसाकललाई चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषधसहित लहान नगरपालिका ११ निवासी २६ वर्षीय उदय नारायण चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीको साथबाट लागुऔषध फेनारगन २५४ पिस, डाइजील्याप २५५ पिस र नोफिन २५२ पिस बरामद् भएको सशस्त्र प्रहरी वेश क्याम्प बरियारपट्टीका सशस्त्र प्रहरी निरीक्षक कुमार तिम्लिसिनाले बताए ।

प्रतिबन्धित लागुऔषधसहित शुक्रबार साँझ पनि सिरहा प्रहरीको टोलीले जिल्लाको नरहा गाउँपालिका ४ निवासी २६ वर्षीय मोहमद एमामुदिन र सिरहा नगरपालिका ४ रमौल निवासी १९ वर्षीय मोहमद रहिमलाई पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय माडरबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका-१७ पटेर्वाबाट दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको स५प ५०७५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा एमामुदिनको साथबाट नाईट्रोभेट ट्याबलेट ७२० पिस र रहिमको साथबाट नाईट्रोभेट ट्याबलेट ४५ पिस गरी जम्मा ७६५ पिस ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस