पौष १२, काठमाडौं । नेकपामा उपाध्यक्ष बामदेव गौतमले सहकारीमा सबै जना समान भएको बताउदै नामको पछाडी लामो विभुषण लगाउन जरुरी नभएको बताउनु भएको छ । नयाँ कृषि अभियान कृषि सहकारीको संस्थापक अध्यक्ष समेत रहनु भएको गौतमले सहकारीमा सबै जना समान रहेकाले नै सहकारी भएको तत्र यसलाई विभेदकारी भने नि फरक नपर्ने बताउनु भएको हो ।
नयाँ कृषि अभियान कृषि सहकारीको सातौं वार्षिक साधारणसभा संस्थाका संस्थापक अध्यक्ष एंव नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमको प्रमुख आतिथ्यतामा ललितपुरमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै गौतमले सरकाले आधारभुत रुपमा राम्रो काम गरेपनि केहि मानिसले भित्र भित्र नराम्रो गरेकाले सरकारले त्यसमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाले यतिको विवाद के हो स्पस्ट पार्न समेत अनरोध गर्नु भयो । उहाले सरकारले जारी गर्ने भाबी बजेट विवाद रहित होस भन्ने चाहना व्यक्त गर्नु भयो । कार्यक्रममा उहाले ”आफुले संगठन राम्रो बनाउन पहल गर्दा तपाई नै संगठनको धेरै कुरा गर्ने मान्छे तपाई नै संगठन विभाग चलाउनु भनेर जिम्मेवारी त दिईयो तर दुई अध्यक्षले हस्ताक्षर गरेर जारी गरेको विधानमा संगठन विभागको काम मात्र संगठनको अभिलेखिकरण गर्ने मात्र रहेकाले काम गर्न नसकेको धारण व्यक्त गर्नु भयो ।”
देशभरि कार्य क्षेत्र भएको नयाँ कृषि अभियान कृषि सहकारीको ४६ जिल्लामा १११ वटा शाखा रहेको र जम्मा सदस्य संख्या १५८६६ मा ४४०९जना महिला र ११४५७ जना पुरुष रहेको का.वा अध्यक्ष मिन प्रसाद गैरेले जानकारी दिनुभयो । सहकारीको कुल सेयर पुजी ३२ लाख कायम गरि २०६९मा सञ्चालनमा आएको सहकारीहो हाल ५ करोड माथी सेयर पुजी रहेका सहकारीको कोषध्यक्ष जिवन्ती पौडेलले जनाउनु भयो । उहाले शाखा र शेयर सदस्यहरुको माग अनुसार व्यवसायिक कृषि उत्पादन र कृषि बजार संचालनका लागि शाखा जमानीमा नमुना कृषि फार्महरु संचालन गर्न सुलभ व्याजदरमा कर्जा दिईएको जानकारी दिनुभयो ।