• २०८२ बैशाख १७ गते बुधवार

संसद नै बन्धक

पढ्न लाग्ने समय : २ मिनेट

पौष, १२ काठमाडौँ । जहाज चढ्न ‘एयरपोर्ट टाइम’ भइसकेको संकेत सचिवालय सदस्यले गराएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले भने, ‘टिकट रद्द गर्नु, म बिहान मात्र काठमाडौं जान्छु ।’ बिहीबार तीन बजे भरतपुरबाट काठमाडौं आउने जहाजको टिकट लिएका दाहालले साढे दुई बजे मात्र टिकट रद्द गर्न लगाएका थिए ।

दाहालले काठमाडौं फर्कने कार्यक्रम रद्द गरेको जानकारी पाएपछि सत्तासीन नेकपाका नेताहरू ‘सशंकित’ बने । दुई अध्यक्ष बसेर बिहीबार नै सभामुखको टुंगो लाग्ने लख काटेका उनीहरू ‘गडबड’ भएको निष्कर्षमा पुगे ।

सत्तासीन नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउने विश्वासमा संसद् सचिवालयले सभामुख निर्वाचन मिति घोषणाको सम्भावित कार्यसूची बनाइसकेको थियो ।

शुक्रबार बिहान १० बजे मात्र पार्टी अध्यक्ष दाहाल काठमाडौं फर्केपछि दुई अध्यक्षबीच छलफल हुन बाँकी रहेको भन्दै संसद् बैठक सार्न उपसभामुख शिवमाया तुम्बाहाङफेलाई सन्देश पठाइयो ।

उपसभामुखको निर्देशनअनुसार संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले पुस १६ गतेका लागि बैठक सरेको सूचना प्रकाशित गरे । संसद्मा झण्डै दुई तिहाइ बहुमत रहेको नेकपाले नै सभामुख उम्मेदवार टुंगो नलगाउँदा हिउँदे अधिवेशनको दोस्रो बैठक सूचनाद्वारा स्थगित गरियो । जनताका आवाज बोल्ने स्थान (संसद्) नै बन्धक बन्यो । ‘दलीय झगडाका कारण संसद् बन्धक बनाइनु उचित होइन,’ विपक्षी कांग्रेस सचेतक पुष्पा भुसालले भनिन् ।

पुस ४ गते सुरु भएको हिउँदे अधिवेशनको दोस्रो (शुक्रबार) को बैठकको कार्यसूची नै सभामुख निर्वाचन मिति घोषणा गर्ने थियो । सचिवालयले पुस १३ गते मनोनयन दर्ता गर्ने र १४ गते सभामुख निर्वाचन गर्ने कार्यतालिकासमेत बनाएको थियो । तर सूचनाद्वारा बैठक स्थगित भएका कारण सचिवालयले बनाएको कार्यसूची अलपत्र प¥यो । याे खबर अन्नपुर्ण पाेस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस