• २०८२ बैशाख १६ गते मङ्गलवार

भक्तपुरमा भ्यानको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२ ,भक्तपुर  । भक्तपुरमा भ्यानको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

आज बिहान मध्यपुर थिमि नगरपालिका-५ जलाखुमा बा १२ च ५६४० नम्बरको पानी ढुवानी गर्ने भ्यानले ठक्कर दिँदा सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी २५ वर्षीया ज्योती मगरको मृत्यु भएको हो ।

भ्यानले ठक्कर दिँदा घाइते भएकी मगरको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने भ्यान र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस