• २०८१ फाल्गुन ७ गते बुधवार

हङकङका प्रदर्शनकारीलाई समर्थन गर्ने विधेयकमा राष्ट्रपति ट्रम्पद्वाराको हस्ताक्षर

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, १२ एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हङकङका प्रदर्शनकारीहरूको पक्षमा रहेको बताइएको छ ।

हङकङमा प्रजातन्त्र माग्दै आन्दोलन जारी रहेका बेला ट्रम्पले प्रदर्शनकारीहरूलाई समर्थन गर्ने अमेरिकी संसद्को विधेयकमा हस्ताक्षर गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले चीन, त्यहाँका राष्ट्रपति सी चिनिफिङ र हङकङका जनताप्रति सम्मान दर्शाउन आफूले नयाँ कानूनमा हस्ताक्षर गरेको बताएका छन् । ‘चीन र हङकङका नेता र प्रतिनिधिहरूले आफ्ना मतान्तरहरू शान्तिपूर्ण तरिकाले हल गरून् र सबैका लागि दीर्घकालीन शान्ति र समृद्धि हासिल होस् भनेर विधेयक ल्याइएको हो’, ट्रम्पले विधेयकमा हस्ताक्षर गर्नुको औचित्यबारे भनेका छन् ।

प्रतिक्रिया दिनुहोस