• २०८० चैत्र ३० गते शुक्रवार

प्रहरी इन्स्पेक्टर हुँ भन्दै पैसा असुल्‍ने पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, १२ काठमाडौं  । जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चको प्रहरी निरीक्षक हुँ भनी पैसा असुली गर्न खोजेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

बुधबार बिहान चतुर्वेदीले मकवानपुर हेटौंडा उपमहानगरपालिका-९ बस्ने एक व्यक्तिलाई प्रहरी हुँ भन्दै हप्काएर पैसा मागेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-५ बस्ने २७ वर्षीय दिव्‍यप्रकाश चतुर्वेदीलाई पक्राउ गरेको गरेको हो ।

चतुर्वेदी हातहतियार खरखजना कसुरमा २०७५ चैत ३० गते जिल्ला अदालत पर्साको आदेशले १ लाख रुपैयाँ धरौटीमा छुटेको व्यक्ति भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस