- समिक्षा श्रेष्ठ
कात्तिक ११, बाँके । पत्रकार सन्दिप योगीलाई महेन्द्र बहुमुखी क्याम्पस नजिक १०-१२ जनाको समुहले आक्रमणको प्रयास गरेका छन । आक्रमण गर्न खोज्नेको बाँके प्रहरीले खोजी गरिरहेको छ ।
करीब ७ बजेको समयमा लिफ्ट माग्ने बहानामा मोटरसाइकल रोकि आक्रमण गर्ने प्रयास गरिएको हो । आक्रमण गरि आक्रमणकारीहरु त्यहाँबाट फरार भएका थिए । लिफ्ट माग्ने बहानामा पत्रकार योगीमाथी आक्रमणको प्रयास भएको हो । उनलाई सामान्य चोट लागेको छ भने प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।
स्रोतका अनुसार भन्सार कार्यालयका नायव सुब्बा दिपेन्द्र धामिले आक्रमण गर्न पठाएको बुझिएको छ । पत्रकार योगीले केही समय अघि नेपालगन्ज भन्सारका नायव सुब्बा दिपेन्द्र धामिले कार्यालय समयमा फेसबुक चलाउँदै कर्मचारी बाहेक प्रबेश निषेध रहेको कोठामा दलालसंग सेटिङ्ग मिलाउँदै कार्यालय समयमा फोनमा मस्त भइ सेवाग्राहीहरुलाई सास्ती दिएको भिडियो सार्वजनिक भएपछि उनले पत्रकार योगीलाई जेपनी हुन सक्ने या भिडियो डिलिट गर्न धम्की दिएका थिए ।
पत्रकार योगीले सो भिडियो डिलिट नगरेर पत्रीकामा हालेपछि नायव सुब्बा दिपेन्द्र धामीले आफुले जेपनि गर्नसक्ने तथा चाहेमा मान्छेनै गायब गराउन सक्छु भन्दै उल्टै आफै भिडियो बनाएर गालिगलौच गरेर सबै पत्रकार धुसखोर हुन्छन भन्दै धम्की दिएका थिए । हाल प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ ।