असोज ११, भक्तपुर । लोपोन्मूख घुमन्ते राउटे समुदायले बनाएका काठका हस्तकला सामाग्री भक्तपुरमा प्रर्दशन गरिएको छ ।
मानवीय आस्था नेपाल र समाज विकास केन्द्र नामक संस्थाद्वारा उनीहरुलाई भक्तपुरमा ल्याउनका लागि आवश्यक सहयोग गरि शुक्रबार ४० औं विश्व पर्यटन दिवसको अवसरमा विश्वसम्पदामा सूचिकृत न्यातपोल (पाँचतले मन्दिर) परिसरमा राउटे समुदायले बनाएको हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएको हो ।
आजसम्म चल्ने उक्त प्रर्दशनीमा राखिएका सामाग्री एउटै हतियार बोसिलाले बनाइएको छ । काठबाट निर्मित सानो गोलो पिर्का, बिर्को भएको कोशि ९हटकेश०, सानो मधुस (कन्तुर), बाकस, रोटी बेल्ने चकला, डाडु, पन्यु लगायतका सामाग्री प्रर्दशनीमा राखिएका छन् । प्रति सामग्रीको मूल्य ८ सयदेखि ४ हजार रूपैयाँसम्म निर्धारण गरिएको छ ।
उक्त प्रदर्शनीमा पुर्ब उध्योग मन्त्री तथा प्रतिनिधि सभाका सांसद महेश बस्नेत तथा नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबाट जनही ४००० रुपैया बराबरको हस्तकलाका सामाग्री खरिद गरि उक्त ब्यापार प्रदर्शनीको शुभारम्भ गरेका थिए ।
राउटेले प्रर्दशनीमा राखिएको सामाग्री खरिद गर्दै सांसद बस्नेलते राउटे समुदायलाई समाजमा घुलमिल गराउनका लागि उनीहरू बनाएको सामाग्री प्रर्दशनीमा राख्ने व्यवस्था मिलाइएको बताउदै उनले राउटेलाई माग्ने होइन स्वालम्बी बनाउनु पर्नेमा समेत जोड दिए ।