• २०८२ बैशाख ७ गते आइतवार

पढ्दापढ्दै बेहोस भए आठ विद्यार्थी, एकको मृत्यु २ को अवस्था गम्भीर

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ११, पाल्पा । पाल्पाको एक विद्यालयमा अनौठो प्रकारको रोगले एक किशोरीको मृत्यु भएको छ । रम्भादेवी गाउँपालिकास्थित रम्भा माध्यामिक विद्यालय कक्षा १० की १६ वर्षीया छात्रा कमला फालाको मृत्यु भएको हो ।  अन्य ८ जना विद्याथीहरु कक्षाकोठामा पढ्दापढ्दै रुँदै र बेहोस हुँदै  ढलेका छन् भने दुई किशारीहरु गम्भीर अवस्थामा रहेका छन् ।

“एक जना किशोर र ७ जना किशोरीहरु ट्युशन पढ्ने क्रममा रुँदै र बेहोस हुँदै ढलेका रहेछन्” पाल्पाका प्रहरी प्रमुख एसपी दिपेन्द्र जिसीले भने ।  कमलाको उपचार गर्न लुम्बिनी मेडिकल कलेज प्रभास ल्याउने क्रममा मृत्यु भएको हो ।

जिसीका अनुसार सो रोगबाट प्रभावित सबै विद्यार्थी कक्षा १० का हुन् ।  छात्र रोशन थापा र छात्रा बुद्धिसरा गाहको अवस्था  गम्भीर रहेको छ । विद्यालयले बिहान ८ बजेदेखि १० बजेसम्म कोचिङ कक्षा सञ्चालन गर्दै आएको प्रधानध्यापक तुल्सी अर्यालले बताए । पाल्पाबाट डाक्टरको टोली अनुसन्धानका लागि त्यसतर्फ जाने तयारी भैरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस