• २०८१ माघ २६ गते शनिवार

नेयमार सम्झाैताकाे सहमती नजिक – बार्सिलोना

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ११, काठमाडौं । बार्सिलोनाले नेयमारलाई क्लबमा फर्काउन १ सय ५३ मिलियन पाउण्डको प्रस्ताव राखेको छ ।

स्पेनिस महारथीले आफ्ना पुर्व खेलाडी नेयमारलाई क्लबमा फिर्ता लैजान फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सामु सो रकम प्रस्ताव गरेको छ ।

स्पेनिस क्लबले फरवार्ड उसमान डेम्बेलेलाई समेत नेयमारसंगको सम्झौतामा साट्न सकिने प्रस्ताव गरेको छ ।

बर्सिलोना तथा पीएसजीका क्लबका पदाधिकारीले मंगलबार साँझ नेयमारको बिषयमा छलफल गरेका छन् ।

प्रस्तावित रकम दुई किस्तामा तिर्नुपर्ने उल्लेख छ । तर दुवै पक्ष सम्झौतामा पुग्न असफल भईरहेका छन् । वार्ता सकारात्मक भईरहेको छ । नेयमार सम्झौता भएको हेर्न चाहन्छन् ।

२७ बर्षका फरवार्ड सन् २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी मुल्यमा फ्रान्सेली क्लब पीएसजी आएका थिए ।

बार्सिलोनाका निर्देशक जाभियर बोर्डासले आफुहरु सहमतीको निकै नजिक रहेको बताएका छन् ।

रियल मड्रिड समेत नेयमारलाई क्लबमा लैजान निकै ईच्छुक छ ।

यता, पीएसजीले युभेन्ट्सका फरवार्ड मारियो मान्डाजुकीसंग समेत छलफल गरिरहेको छ । कारण पीएसजीका दुवै फरवार्ड केलियन एम्बाप्पे र ईडिन्सन काभानीले चोट बोकेका छन् ।

प्रतिक्रिया दिनुहोस