• २०८१ माघ २६ गते शनिवार

अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ११ भीमदत्तनगर  महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुग्ने बिरामीमा अधिकांशमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको छ ।साउनको दोस्रो हप्तादेखि उपचारका लागि पुग्नेमध्ये ७० प्रतिशत बढी बिरामीमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको छ  । अस्पतालका अनुसार अस्पतालमा दैनिक २०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् ।जसमध्ये ७० प्रतिशत बढी भाइरल ज्वरोका बिरामी छन् ।

ज्वरोको समस्या लिएर आउनेमा ज्येष्ठ नागरिक, बालबालिका र महिलाको सङ्ख्या अधिक छ ।वातावरणमा आएको परिवर्तन र दुषित खानपानका कारण भाइरल ज्वरोको सङ्क्रमण हुने गरेको छ । ग्रामीण क्षेत्रका स्वास्थ्यचौकीमा समेत भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढदो छ ।

 

प्रतिक्रिया दिनुहोस