• २०८१ माघ २६ गते शनिवार

सुर्खेतमा बस दुर्घटना, ३ को मृत्यु, २७ घाइते

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११ सुर्खेत जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस बुधबार बिहान करिब ३ बजे भेरीगंगा नगरपालिका -५ स्थित हर्रेमोडमा दुर्घटना भएको छ । एक जनाको घटनास्थलमै र दुई जनाको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाट जानकारी प्राप्त भएको छ।

 

मृतकमध्ये दुई महिला र एक पुरुष छन् । उनीहरुको सनाखत भएको छैन ।घाइतेहरुको भेरीगंगा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसके पनि तीव्र गतिका कारण हुनेसक्ने प्रारम्भिक अनुमान गरिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले बताए ।

प्रतिक्रिया दिनुहोस