- राम बहादुर बिश्वकर्मा
भदौ ११,प्युठान । प्युठानबाट प्रतिनिधित्व गर्ने सांसदहरुको पहलमा जिल्लाको झिमरुक गाउँपालिका,८ मा बर्षौ देखि अलपत्र स्याउलीघारी पक्कि पुलको निर्माण कार्य पुन शुचारु हुने भएको छ।
झिमरुक गाउँपालिका ३ को ढाडा दारिमचौर र स्याउलेघारी जोड्ने पक्की पुलको निर्माण कार्य सुरु हुन लागेको हो । भाद्र ८ गते वुटवलमा भएको ठेकेदार कम्पनीका प्रतिनिधि प्यूठान जिल्लाबाट प्रतिनिधीत्व गर्ने जनप्रतिनिधि सहित प्रदेश सरकार संगको छलफल पछिको सहमतीले अलपत्र पक्की पुल निर्माण गरिने भएको हो। लामो समय सम्म अलपत्र पक्की पुल निर्माणका लागि पटक पटक प्रदेश सभामा आफुले कुरा उठाएपछि प्रदेस सरकारको ध्यानाकर्षण भएको प्रदेश सभा सदस्य हरि प्रसाद रिजालको भनाई छ ।
लामो समय देखि अलपत्र अबस्थामा रहेको यो पुल कैयौँ छलफल र स्थानीयको विशेष पहल पछि निर्माण कार्य शुरु हुन लागेको झिमरुक गाउँ पालिका ८ का वडा अध्यक्ष तुलस बस्नेतले बताउनुभयो। पुल निर्माणका ललागी प्रदेश नं ५ सरकारको भौतिक मन्त्रालयबाट रु ४ करोड ५० लाख प्राप्त भएको छ। यसबाट झिमरुक गाउँपालिका ३ देखि वडा नम्बर ७ लाई जोड्ने उक्त पुल निर्माण पश्चात् हजारौं भन्दा बढी घरपरिवार प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
स्थानीय रेकम बहादुर महतराले “यहाँ पक्की पुल नहुदा धेरै समस्या परेको बताउदै भन्नुभयो,” पुल निर्माण भए यहाँ बासिन्दालाई धेरै राहत मिल्ने छ”, महतराले भन्नुभयो, “पुल नहुँदा बर्खाको समयमा ५ किलोमिटर घुमेर आवतजावत गर्नुपर्ने बाध्यता छ । “यहाँका समुदायको बाक्लो बस्ती रहेको र उनीहरूको आर्थिक हैसीयत नाजुक छ”, यहाँका बासिन्दाको नजीकको बजार भनेकै मच्छी ढाडा बजार हो, पुल नहुँदा उनीहरूलाई घुमाउरो बाटोमा लामो दूरी तय गर्नुपर्ने बाध्यता थियो ।”अलपत्र परेको यस पक्कि पुल समयमै कार्य सम्पन्न भए तुषारा,लिवाङ, लुङ,खबाङ, पुजा लगायत बाह्री जिल्ला बाग्लुङ , अर्घाखाँची , गुल्मि जिल्लाबासिहरु लाभान्ति हुने महतराले बताउनुभयो ।
केही बर्ष पहिले आँशु निर्माण निर्माण सेवा जे.भी.संग सम्झौता भएको थियो भौगोलिक अवस्थामा केही समस्या देखिएकाले त्यस पक्की पुलको डिजााईन स्टुमेट परिवर्तन भए काम गर्ने मौखिक सहमति भएको आँशु निर्माण सेवाका प्रतिनिधि बालाजु श्रेष्ठले बताउनु भयो ।
पक्की पुलको लम्बाइ १०० मिटर र चौडाइ ४ मिटर छ । पुल निर्माण भए पछि पुलबाट साना सवारी साधन(बस ,मोटरसाइकल, ट्रक , जिप, सहजै आवत–आवत गर्न सक्ने श्रेष्ठले जानकारी दिनुभयो।