- बिनोद दर्नाल
भदौ ११,सुनसुरी । चोरि तथा ठगी गर्दै हिड्ने तिन जना व्यक्ति धरानबाट पक्राउ परेका छन् । बिभिन्न शहरहरुमा बिभिन्न कम्पनी तथा सपिङ महलमा रोजगारीमालाई दिने भनि प्रलोभन देखाई बिभिन्न ब्यक्तीहरुहरुलाई ठगी गर्दै हिंड्ने एक व्यक्तिलाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।
बिभिन्न व्यक्ती हरु सङ्ग संग चिनजान तथा फोन सम्पर्क गरी रोजगारी लगाई दिए बापत १३ देखी १५ हजार सम्म शुल्क लाग्ने भनि रकम आई.एम.इ गर्न लगाई ठगी गर्दै हिंड्ने महम्मद सरिफ मिँया प्रकाउ परेका हुन ।
महम्मद सरिफ मिँया बिरुद्ध कार्यालयमा ईलाका कार्यालय धरान मा उजुरी परेपछी निज महम्मद सरिफ मिँयालाई पक्राउ गरी ठगी मुद्दा दर्ता गरी सुनसरी जिल्ला अदालतबाट म्याद थप अनुमती लिई हिरासत थुनामा राखी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय धरान का डिएसपी डुण्डीराज न्यौपानेले जानकारी दिए । महम्मद सरिफ मिँया सप्तरी जिल्ला सुरुङ्गा न.पा वडा न. ५ कुशाहाका बासिन्दा हुन् ।
यसरी ठगिनेमा अरु पनि हुन सक्ने आसंका भएको हुँदा निज महम्मद सरिफ मिँया अन्य विरुद्द मा जाहेरी दिन अथवा कार्यालयमा सम्पर्क गर्न इलाका प्रहरी कार्यालय धरानले आग्र्ह समेत गरेको छ ।
त्यस्तै बिभिन्न मिति समय स्थानमा बिभिन्न ब्यक्तीहरुको घरमा रातको समयमा मोबाइल, नगद, सुनचाँदी र अन्य जिन्सी सामानहरु चोरी भएको पीडितहरुको उजुरी को आधार मा चोरी गर्ने व्यक्तिहरुको खोजतलास तथा अनुसन्धान गर्ने क्रममा जिल्ला सुनसरी धरान १५ बस्ने २३ बर्ष को उमेश मगर र सोही स्थान बस्ने २४ को बर्षका बिजय बि.क लाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त सामानहरु चोरी गरेको खुलेको सङ्गै उक्त चोरीएको समानहरु बिजय बि।क।को कोठाबाट बरामद गरिएको थियो । जसमा केही मोबाइल ,पावर बैंक, सुनका गरगहना, खुकुरी चक्कु समेत बरामद भएको धरानका डिएसपी डुण्डीराज न्यौपानेले जानकारी दिए ।
पक्राउ परेका अभियुक्त्तहरुलाई चोरी मुद्दामा अनुसन्धान भई रहेको डिएसपी न्यौपानेले बताए ।