• २०८२ बैशाख ४ गते बिहिवार

शहिद लक्षुमन थापा स्मृति प्रतिष्ठान दैलेखको प्रथम साधारण सभा सम्पन्न

पढ्न लाग्ने समय : २ मिनेट
  • भावना हमाल

भाद्र ११,दैलेख । शहिद लक्षुमन थापा स्मृति प्रतिष्ठान दैलेखको प्रथम साधारण सभा मंगलबार दैलेखमा सम्पन्न भएको छ । २००७ सालको क्रान्तिमा सङ्लग्न भएका प्रजातान्त्रिक आन्दोलनका सेनानी लक्षुमन थापाको बिषयमा विचार गोष्ठी समेत गरीएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस दैलेखका सभापति कृष्ण कुमार वि .सी , विशेष अतिथि पुर्व राज्य मन्त्रि गणेश खड्का , नेपालि काँग्रेस दैलेखका पुर्व सभापति जगतजङ्ग थापा र मायाराम स्मृती प्रतिष्ठान दैलेखका अध्यक्ष टेक बहादुर खाँण लगाएतका अन्य अतिथीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कृष्ण कुमार वि .सीे. ले प्रजातन्त्रका हस्ती विर सहिदहरुको योगदान नै राष्ट निमार्ण र समाज परिर्वतनको मुख्य आधार रहेको समेत उल्लेख गर्नुभयो । त्यसैगरी अन्य अतिथीहरुले समेत सहिद लक्षुमन थापा लगाएत अन्य सहिदहरुको बलिदानीको चर्चा गर्दै सहिदको सपना साकार गरे मात्र सच्चा रुपमा सहिदको सम्मान हुनेमा समेत धारणा राख्नु भएको थियो ।

कार्यक्रममा लक्षुमन थापाकि जेष्ठसुपुत्रि नन्दकुमारि खत्रिलाई सम्मान पत्र र दोसल्लाले सम्मान गर्नुका साथै ज्वालादल गुल्मबाट प्रजातन्त्रका सेनाहरुलाई पक्राउ गर्न खटियको टोलिबाट खोजियको ठाउँ ना न पा ७ जार्जखोलाको कालिमाटि गुफामा टोलि प्रमुखको आदेश अनुसार गुफा भित्र भेटायर पनि छैन भनी आफ्नो टोलि प्रमुखलाई ठगेर पनि ज्यान बचाउने अम्मर बहादुर मल्ल लाई तेति गारो समयमा पनि डर नमानि लुकि लुकि गुफा र जङ्गलमा खाना खुवायर बचाउने सेत बहादुर थापालाई समेत सम्मान गरीएको थियो भने उक्त कार्यक्रमको अध्यक्षता पुर्ण बहादुर थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस