• २०८१ जेष्ठ ५ गते शनिवार

पश्चिम रुकुमबाट नेपालगञ्जका लागी छुटेको बस सुखेतमा दुर्घटना ३ जनाको मृत्यु २५ बढी यात्रु घाइते

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११,सुर्खेत । पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडि बजारबाट नेपालगञ्जका लागी छुटेको बस दुर्घटना भएको छ ।

मंगलवार साझ ५ बजे राडि देखि नेपालगञ्जका लागी छुटेको भेरी गंगा यातायात ब्यवसाय समितिकोे ना ४ ख ९३१७ नम्बरको बस दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । बिहान करीब ४ बजेतिर गाडीको ब्रेक फेल भएर सुखेत हर्रेको एमाले मोड नजिकै दुर्घटना भएको ट्राफिक कार्यालय सुर्खेतले जनाएको हो ।

प्रहरीका अनुसार हाल सम्म तिन जनाको सब निकालिएको २५ जनालाई कोहलपुर मेडिकल कलेजमा उपचारको लागी पठाएको जनाएको छ । टेलीफोन सम्पर्कमा कुरा गर्दै सुर्खेत ट्राफिक प्रहरीले घटना स्थल हाम्रो टिम खटिरहेको छ । हामीलाई जानकारी भए अनुसार हाल सम्म ३ जनाको मात्र सब फेला पारेकोर सनाखत हुन बाँकीरहेको जानकारी दिए ।

बसको चालक सहित ४ बच्चा ८ जना महिला पुरुष १३ जना जम्म २५ जना घाईते भएको ट्राफिक प्रहरीको भनाइ छ । राडी बाट ९ जना कालिमाटि बाट ७ जना मटेलाबाट ४ जना गरी यात्रु लिएको र अन्य बाटोमा हाल्दै यात्रु बोकेको यातायात ब्यवसायी समितिले जनाएको छ ।

२५ जना नेपालगञ्ज पठाएको अन्य कतिजनाको ज्यान गएको भन्ने एकीग नभएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस