• २०८२ बैशाख १६ गते मङ्गलवार

नेकपा तार्केश्वर न. पा को भागबन्डाको समाचार भ्रमको हल्ला मात्र : नेकपा नेता रेग्मी

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, काठमाडौं । बिभिन्न अनलाईनहरुमा नेपाल कम्युनिष्ट पाटी (नेकपा)को तारकेश्वरमा भागबन्डा शिर्षकमा भ्रमपुर्ण समाचार अाएकाले नेकपा तारकेश्वरका नेता सिताराम रेग्मीले त्यस्को पछि नलाग्न अनुरोध गरेका छन ।

रेग्मीले भने -”नेकपाको अाफ्नै बिधी र बिधान छ । त्यही बिधी र बिधानको अधिनमा रहि पाटीले जिम्मेवारी दिने हो ।” उनले भने -”पाटी एक भईसकेपछि पाटीको मान्छे नै हुने हो । धमिलो पानीमा माछा मार्न खोजेर गलत समाचार सम्प्रेषण गर्नु गलत हो ।” नेकपा तारकेश्वर नगर कमिटीमा पाटी एकता पछि पुर्व एमालेबाट अध्यक्ष लबकुमार बस्नेत र सचिवमा पुर्व माअोवादीबाट रामकुमार थापा भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस