• २०८१ मङ्सिर २२ गते शनिवार

स्थानिय द्दारा दैलेख जिल्लाको भगवतिमाई गाँउपालिकाको नाममा नौ रोपनि क्षेत्रफल बराबरको जग्गादान

पढ्न लाग्ने समय : १ मिनेट
  • भावना हमाल, दैलेख समाचारदाता

साउन १२, दैलेख । दैलेख जिल्लाको भगवतिमाई गाउँपालिकाको नाममा स्थानिय हरुले नौ रोपनी वराबरको जग्गा दान गरेका छन ।

बिभिन्न दान मध्ये भुमि दान पनि एक महत्व पुर्ण दान रहेको भन्दै साविकको कट्टि वडा नं ९ तथा हाल भगवतिमाई वडा नं ५मा पर्ने स्यानतडा स्थित जग्गाधनि सन्त बहादुर खड्का,तेज बहादुर खड्का, डिल बहादुर खड्का , टेक बहादुर खडका , बहादुर खड्का , अम्मर खड्का र मनविर खड्का को नाममा रहेको जग्गा एक मुस्ट दान आइतवार गरियको हो ।

जग्गा दाताहरुले आफुले दान गरेको जग्गा गाउँपालिकाको प्रयोजनमा आओस भन्ने हेतुले स्वस्फुर्त दान गरेको रैना देवि मा.वि टाटामाखुका प्रधानअध्यापक समेत रहनुभएका जग्गादाता सन्त बहादुर खड्काले आफु लगायत अन्य दाताले जग्गा दान गर्न सकेकोमा निकै सन्तुष्ट रहेको बताउदै उहाँले भन्नु भयो, सरकार वा सरकारी निकाय बाट सधै आफुले के लियौ भन्दा पनि के दिन सकियो भन्ने तर्फ लाग्नु पर्नेमा यो एक सकारात्मक शन्देस बन्ने बिस्वास समेत ब्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस