• २०८१ फाल्गुन २ गते शुक्रवार

बालुवाटार प्रकरणमा छानबिनमा परेका तत्कालिन खरिदारले गरे आत्महत्या

पढ्न लाग्ने समय : १ मिनेट

साउन १२, काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा छानविनमा परेका मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन खरदार युक्तप्रसाद श्रेष्ठले ‘आत्महत्या’ गरेका छन । श्रेष्ठले आज बालाजुको माछापोखरीस्थित हिमालय सिटी सेन्टरको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन ।

प्रहरीका अनुसार सातौं तलाबाट खसेका श्रेष्ठलाई उपचारार्थ पिपुल्स अस्पताल नयाँ बजारमा उपचारको लागि भर्ना गरिए लगत्तै मृत्यु भएको हो । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गर्दा श्रेष्ठ डिल्लीबजार मालपोत कार्यालयमा कार्यरत रहेका थिए । सोही प्रकरणमा उनलाई अख्तियारले बयान लिइरहेको थियो ।

नेपाली कांग्रेस पर्वतका सचिव समेत रहेका उनि अख्तियारले बयानमा बोलाएपछि निकै तनावमा रहेका थिए । अख्तियारले बालुवाटारको सरकारी जग्गा ललिता निवास ब्यक्तिका नाममा पुर्याउनका लागि मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत रहँदा फाइल खडा गर्ने लगायतका काममा श्रेष्ठको संलग्नता भेटाएको थियो । यहि विषयमा उनिबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस