- धर्म सुनार, बाजुरा समाचारदाता
साउन १२ बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउपालिकामा सनिबार एक वालकको सिचाई टयाङकिमा नुहाउने क्रममा डुवेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक गाउपालिका वडा नं ४ निवाशि कर्ण कैलाका १३ बर्षिया छोरा कविन्द्र कैला रहेका छन् ।
मायालु र चन्चल स्वभावका कैला कालिका आधारभुत विद्यालयमा कक्षा ४ मा अध्ययनरत विद्यार्थी हुन् । आमा वुवाका एक मात्र छोरा रहेका वालकको हिजो ट्याङकीमा डुवेर मृत्यु हुदा परीवार नै चिन्तीत बनेको छ । वडा नं ४ को तलिफैता मुग्रा सीचाइ ट्याङकीमा पौडिन नसकि वालकको डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय स्वामिकार्तिकका ईन्चार्ज मानबहादुर चन्दले बताएका छन् । सनिबार दिउसो एक बजे तिर घरवाट गोरु चराउन गएका वालक साथिहरुको लैलैमा नुहाउन टयाङकिमा हाम फालेका र पानि धेरै भएकाले पोडिन नजान्दा पानिमा निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरी अनुमान रहेको छ ।
मृतक वालकको असामायिक निधनले आफुलाई ममार्हित बनाएको वडा नं ४ का वडा अध्यक्ष काशिराम कैलाले बताएका छन । सिचाई टयाङकिमा नुहाउदा डुवेर बर्षेनि कतिपयको अकालमा ज्यान जाने गरेको बताउदै अध्यक्ष कैलााले अवका दिनमा मृत्युबाट जोगिन उक्त सिचाई टयाङकि लाई काडेंतारवार लगाउनुपर्ने र ब्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन ।