श्रावण १२, काठमाडौं । आज आईतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको छ ।
यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहि देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको छ ।
मौसम विश्लेषण
मनसुनको न्यून चापिय रेखा नेपालको तराई भु(भाग भन्दा दक्षिण तिर रहेको छ जसको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको छ।
देशभर समग्र मौसमको अवस्था
हाल देशभर सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा भईरहेको छ ।