• २०८१ फाल्गुन २ गते शुक्रवार

सशस्त्र प्रहरी जवानद्धारा नाकामा भ्रष्टाचार, अख्तियारले मुद्धा दर्ता गरायो

पढ्न लाग्ने समय : १ मिनेट

असार १३, रौतहट । सशस्त्र प्रहरी बल, नेपाल, नं. ११ गण, हे।क्वा हजमिनिया, रौतहटमा कार्यरत सशस्त्र प्रहरी जवान अरूण झा उपर अख्तियारले आरोप पत्र दायर गरिएको छ ।

श्री सशस्त्र प्रहरी बल, नेपाल, नं ११ गण हे.क्वा हजमिनिया, रौतहटमा कार्यरत रही सो कार्यालयबाट सादा पोशाकमा परिचालित सशस्त्र प्रहरी जवान अरूण झाले नेपाल भारत सीमाबाट कस्मेटिक सामानहरू ल्याउन सहज गराईदिने भनि सेवाग्राहीसँग घुस लिएका हुन ।विशेष सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास, महोत्तरीबाट खटिइ गएको टोलीले उनलाई सेवाग्राहीसँग रू.३०,०००।– घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस