• २०८१ माघ ८ गते मङ्गलवार

‘सिरिन्ज’ आक्रमणकारी मध्यरातमा पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

असार १३, काठमाडौं । युवतीमाथि कथित रुपमा सिरिन्ज आक्रमण गर्दै आतंक फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका सन्तोष कार्की रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई गएराती महाराजगन्जबाटै पक्राउ गरेको हो । उनी श्रृङ्खलाबद्ध रुपमा युवतीमाथि सुई हान्दै भाग्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

रामेछाप घर भएका उनले प्रारम्भिक बयानका क्रममा आफ्नो अपराध स्वीकार्दै रमाइलोका लागि यस्तो कार्य गरेका बताएका छन् ।

प्रहरीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्ने जनाएको छ ।

आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै केही युवतीले उजुरी दर्ता गराएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

सिरिन्ज आक्रमणमा परेका भनिएका केही युवती अहिले पनि अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस