असार १३, काठमाडौं । ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार बिहान भएको खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउट पारजित गर्दै ब्राजिलले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । एरिनामा भएको खेलमा ब्राजिलले पाराग्वेलाई ०४–०३ गोल अन्तरले पराजित गर्दै अन्तिम ०४ मा प्रवेश गरेको हो । निर्धारित समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा ब्राजिलले भने जित हात पार्यो ।
पाराग्वे खेलको ५८ औँ मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । पाराग्वेका डिफेन्डर फेबियन बालबुना रातो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए । पेनाल्टी सुटआउटमा भने ब्राजिलका गोलरक्षक एलिशनले उत्कृष्ट प्रर्दशन गर्दै टिमलाई नकआउट चरणमा पुर्याए । ब्राजिलले अब सेमिफाइनलमा भेनेजुएला र अर्जेन्टिनाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।