• २०८२ जेष्ठ ७ गते मङ्गलवार

भोजपुरमा एक महिलाले गरिन २२ महिने छोराको हत्या

पढ्न लाग्ने समय : १ मिनेट

जेठ १४, भोजपुर । भोजपुर सदरमुकामस्थित पानी ट्याङ्कीमा २५ वर्षीया सम्झना थापाले २२ महिने बालकको हत्या गरेकी छन् । २२ महिनाको छोरा सम्बोधनको मंगलबार बिहान ७ बजेतिर घरको छतमा लगेर खुकुरीले घाँटी छिनाएर हत्या गरेकी हुन् ।

२२ महिने बालकको हत्या गरेकी सम्झना थापा

रामप्रसाद राई गाउँपालिका वासिखोरा घर भएकी सम्झनाको परिवार पानीट्याङ्की टोल बस्दै आएका थिए । लघुवित्त कम्पनीमा काम गर्ने बाबु सूर्यबहादुर थापा कार्यालयको कामले सदरमुकाम वाहिर गएको अवस्थामा यो घटना घटेको हो ।प्रहरीले हत्यारा सम्झनालाई पक्राउ गरेको छ । घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस