जेठ १४, कास्की । हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरा, कास्कीमा द्वितीय अपरेटर पदमा कार्यरत कुमार लामिछाने र मेट्रो ड्राइभिङ इस्न्टिच्युट, पोखराका सञ्चालक खगेन्द्र प्रसाद काफ्लेलाई अख्तियारको टोलीले घुस रकम सहित पक्राउ गरेको छ ।
यातायात व्यवस्था कार्यालयबाट लिखित परीक्षा र ट्रायल पास गराइदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
उनिहरुलाई सेवाग्राहीसँग रू.४०,०००। रकम लिइसकेको अवस्थामा पोखरा महानगरपालिका वडा नं. १७ ड्यामसाइड स्थित बार्दली रेस्टुरेन्ट एण्ड बारबाट नियन्त्रणमा लिई अनुसन्धान भैरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।