बैशाख १२, झापा । यातायात व्यवस्था कार्यालय, बिर्तामोड, झापाबाट बिचौलिया सराफ शेख घुस रकम सहित पक्राउ परेका छन ।
सवारी चालक अनुमतिपत्र ३ चक्के अटो रिक्सा को लागि लिइने लिखित परीक्षा उत्तीर्ण गरी प्रयोगात्मक परीक्षा उत्तीर्ण हुनको लागि प्रयोगात्मक परीक्षा स्थलमा खटिने कर्मचारीलाई घुसररिसवत दिनु पर्छ भन्दै बिचौलिया सराफ शेखले सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको हो ।
बिचौलिया सराफ शेखलाई सेवाग्राहीसँग रू.१७,०००।–घुस बापतको रकम लिइसकेको अवस्थामा मिति २०७५।१२।२५ गते नियन्त्रणमा लिई अनुसन्धान हुँदा निज सराफ सेख र जिल्ला ट्राफिक प्रहरी कार्यालय, विर्तामोड, झापामा कार्यरत प्रहरी सहायक निरीक्षक याम कुमार खड्काले एक आपसमा मिलेमतो गरी मतियारको रूपमा समन्वय गरी सेवाग्राहीलाई सवारीचालक अनुमतीपत्र बनाईदिने भनी घुस रकम माग गरी लिएको पुष्टि हुन आएको हो ।
प्रहरी सहायक निरीक्षक याम कुमार खड्काले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निजलाई बिगो रू. १७,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा९१० र दफा ३ को उपदफा ९१० को देहाय (क) बमोजिम तथा बिचौलिया सराफ शेखले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रू.१७,०००।– कायम गरी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्याश अनुसार सजाय हुन मागदाबी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।