• २०८१ चैत्र २ गते आइतवार

कक्षा १२ को परीक्षा आजदेखि सुरु चार लाख २८ हजार ५२ परीक्षार्थी परीक्षा दिदै

पढ्न लाग्ने समय : २ मिनेट

बैशाख १५, काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा आइतबारदेखि सुरु भएको छ ।

देशभर एकैसाथ बिहान ७ बजेदेखि परीक्षा सुरु हुने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ परीक्षार्थी सहभागि रहेको बोर्डले जनाएको छ । परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ ।
यस्तै वैशाख २९ गतेबाट कक्षा ११ को परीक्षा सुरु हुनेछ ।

कक्षा ११ को परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी सहभागि हुनेछन् ।

परीक्षा केन्द्रमा सिसी क्यामरा

गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्न पत्र बाहिरिएपछि कक्षा ११ र १२ को परीक्षामा त्यस्तो त्रुटी नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षाका लागि सिसी क्यामरा जडान गरेको छ ।

बोर्डले केन्द्र नजिकै सिसीटिभीसहितको सुरक्षा घेराभित्र रहेको कक्षबाट प्रश्नपत्र लैजाँदा केन्द्राध्यक्षलाई मोबाइलसमेत बोक्न निषेध गरेको छ ।

परीक्षामा जिल्ला परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, बोर्डका अधिकारी, मन्त्रालयका अधिकारी, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, प्रदेश शिक्षा निर्देशनालयबाहेक अन्यलाई मोबाइल फोन लैजान निषेध गरिएको छ ।

परीक्षामा प्रश्नपत्रमा समस्या आए वा प्रश्नपत्र गलत भए तत्काल केन्द्राध्यक्षसँग सूचना पुग्ने गरी ‘बल्क एसएमएस’को व्यवस्था गरेको छ भने कुनै त्रुटि देखिए बोर्डको मुख्यालयमा रहेको विज्ञ समूहले त्रुटि सच्याएर बोर्डलाई जानकारी गराउँदै यसबारे सबै केन्द्रमा जानकारी गराउने व्यवस्था गरेको छ ।

परीक्षामा अनियमितता गरेको पाइए जिल्ला परीक्षा समन्वय समितिलाई तत्काल केन्द्राध्यक्ष परिवर्तन गर्नसक्ने अधिकार दिइएको छ भने परीक्षामा अमर्यादित काम गर्र्नेे व्यक्तिलाई छ महीना कैद र रु एक लाख जरिवाना गर्नसक्ने व्यवस्था गरिएको छ ।

बोर्डले यो वर्षदेखि विद्यार्थीको नाम, थर, जन्ममिति, रजिस्टे«सन, विषय र परीक्षामा रुजु गर्ने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस