• २०८० असोज ४ गते बिहिवार

नेपाल आइडल विक्रम बरालको नयाँ गीत ‘गल्ति’ सार्वजनिक (भिडियो सहित)

पढ्न लाग्ने समय : २ मिनेट

नेपाल आइडल फेम्ड विक्रम वरालको स्वरमा रहेको नयाँ गीत ‘गल्ति’ सार्वजनिक भएको छ । गीतमा प्रदिप चापागाईको शब्द तथा कल्याण सिंहको संगीत रहेको छ । बुद्ध थापाले छायाँकन गरेको उक्त म्यूजिक भिडियोमा नायिका स्वस्तिमा खड्का र नायक आशिरमान देशराज जोशीको अभिनय रहेको छ । निकेश खड्काको निर्देशनमा रहेको गीतको म्यूजिक भिडियोलाई विकास धमलाको सम्पादन रहेको छ ।

यस स्टडी अस्ट्रेलियाले प्रायोजन गरेको यो गित गल्तिमा नेपाल आइडल सिजन २ का दोश्रो बिजेता बिक्रम बरालको आवाज रहेको छ भने यस गीतलाई कल्याण सिंहले कम्पोज गरेका हुन। प्रदिप चापागाईको शव्द रहेको यस गितमा अहिलेकी चर्चित नायिका स्वस्तिमा खड्का र चल्तीका नायक आशिर्मान देशराज जोशीको दमदार अभिनय रहेको छ। गीतलाई बिशाल पौडेलले अरेन्ज गरेका छन भने प्रदिप जोशीले मिक्स गरेका छन।

त्यस्तै यस गीतको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी रहेको छ भने बिकाश धमलाले सम्पादन गरेका छन। त्यस्तै गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन।

नेपाल आइडलको पहिलो सिजन र दोश्रो सिजनको अपार सफलता पछी अब त्यश्रो सिजनको तयारीमा आयोजक टिम रहेको छ। पहिलो सिजनमा पोखराका बुद्ध लामा ले उपाधि जितेका थिए भने दोश्रो सिजनमा धनगढीका रवी ओडले उपाधि हात पार्न सफल भएका थिए। नेपाल आइडल नेपालको अहिले सम्मकै धेरै हेरिने गायन रियालिटी सो हो भने यसमा देश भरिका लुकेर रहेका प्रतिभाहरुले एउटा उपयुक्त अवसर पाउने गरेका छन।

हेर्नुहोस भिडियो : 

प्रतिक्रिया दिनुहोस