• २०७९ साउन २९ गते आइतवार

ललितपुरका अमिन बिरेन्द्र चन्दलाई घुस रकम सहित नियन्त्रणमा

पढ्न लाग्ने समय : १ मिनेट

चैत १४, ललितपुर । ललितपुर महानगरपालिका, नक्सा शाखा, ललितपुरका अमिन बिरेन्द्र चन्दलाई घुस रकम सहित नियन्त्रणमा लिइएको छ ।

जग्गाको प्राविधिक मार्फत नापँजाच गरी क्षेत्रफल निर्क्योल गरी सीफारिस गर्नका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको उनलाई नियन्त्रणमा लिएको हो । टोलीले अमिन बिरेन्द्र चन्दलाई सेवाग्राहीसँग रू.२०,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा महानगरपालिकाको कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस