चैत १४, सुर्खेत, सुर्खेतको विरेन्द्रनगर नगरपालिकाका उप-प्रमुख मनमाया ढकालले मुक्तिनाथ विकास बैँक शाखाको उदघाटन गरेकी छिन ।
बाटो चिल्ला बनाएर मात्र विकास सम्भव नहुने बताएकी उनले सुर्खेतको विरेन्द्रनगर नगरपालिका —३ मा बिहीवार जनता बैँकमा हैन ,बैक जनतामा जानुपर्छ भन्ने नारा बोक्दै आएको राष्ट्रिय स्तरको मुक्तिनाथ विकास बैँक शाखाको उदघाटनगरेकी हुन । कार्यक्रममा वोल्दै ढकालले “आर्थिक समृद्धी तर्फ उन्मुख गर्न बैँकले ठ्लो सहयोग पुग्ने बताउँदै भाषण किलोमिटरको दरमा हुने कुराको समेत बताएकी छन्” । उनले, “बैँकलाई पारदर्शिता र सु-सानको आडमा रहि अगाडि बढ्न समेत आग्रह गर्दै शुभकामना दिईन ।
कर्णाली प्रदेशमा चौथो शाखाको रुपमा उद्घाटन भएको उक्त शाखाले स्वरोजगारीताको क्षेत्रमा हातमा हात मिलाई अगाडी बढ्ने मुक्तिनाथ विकास बैँकका सहायक कार्यकारी अधिकृत गोविन्द रावतले बताए । ३५ अर्ब कर्जा रहेको उक्त बैँकले हाल सम्म रहेको चल्तिका सबै सेवामा अग्रसर भएको रावतले जनाए । बैँकले सुर्खेत दैलेख लगाएत कर्णाली प्रदेशका सबै जिल्लामा पनि शाखा विस्तार गर्ने जनाएको छ । बैँकले हालसम्म १२० वटा शाखा विस्तार गरिसकेको छ ।कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले हचुवाको भरमा व्याज दिए यहाँ बाट लखेट्ने प्रतिबद्धता जनाए ।