• २०८१ असोज २६ गते शनिवार

३ लाखको जिम्मेवारी लिए बाँके पत्रकार महासंघ अध्यक्ष ठाकुर सिंह थारुले उपमहानगर प्रेस सल्लाहकार चौलागाई निलम्वित

पढ्न लाग्ने समय : ३ मिनेट

खबर 24 नेपाल ५. नम्बर ब्युरो

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले महासंघले लगेको रकमको जिम्मेवारी आफुले लिन बताएका छन् । नेपालगन्ज नगरपालिकाले छुट्याएको संचार पत्रकारिता विकास कार्यक्रम अन्र्तगत महासंघलाई प्राप्त भएको रकमको जिम्मेवारी नेपाल पत्रकार महासंघ बाँकेले लिने अध्यक्ष ठाकुरले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाले संचार पत्रकारिता विकास कार्यक्रम अन्र्तगत विनियोजन गरेको ९ लाख ३४ हजार मध्ये ३ लाख ३५ हजार रकम पत्रकार महासंघ बाँकेलाई प्राप्त भएको बताए । नेपालगन्ज उपमहानगरपालिकामा उममेयर उमा थापा मगर, प्रमुख हरि प्याकुरेल प्रेस सल्लाहकार शुक्रऋषी चौलागाइ, अध्यक्ष ठाकुरसिंह थारु बिच भएको छलफल कार्यक्रममा अध्यक्ष थारुले उक्त कुरा बताएका हुन् । ‘विभिन्न कागजातमा जानीनजानी मैले हस्ताक्षर गरे हुला तर मैले रकम खाएको छैन ।’ अध्यक्ष थारुले छलफलका क्रममा भने –‘हाम्रा महासंघका साथीहरुले जे जसो गरेता पनि नैतिक रुपमा ३ लाख ३५ हजारको जिम्मेवारी म लिन्छु । अध्यक्ष थारुले आफुले हिसाब पनि गर्न नजान्ने र हेर्न पनि नहेरेको जानकारी दिंदै हिसाब किताव कोषाध्यक्षले हेर्ने गरेको बताए ।’

छलफलमा नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार चौलागाइले कमिकमजोरी भएको भन्दै गल्ती स्विकार गरे । ‘एकले अर्कालाई विश्वास गर्दा कमिकमजोरी भयो भएको गल्ती स्विकार गर्नलाई मलाई केही छैन म स्विकार गर्छु ।’ प्रेस सल्लाहकार चौलागाइले भने ‘समाचारले धेरै क्षती पु¥यायो आगामी दिनमा समाचार नलेखिदिन आग्रह गर्छु ।’ चौलाईले विल, भर्पाइ, हस्तास्क्षर सबै महासंघले गराएको र आफुले तयार रहेका सबै कागजात उपमहानगरका कृष्ण जोशीलाई फारवार्ड मात्र गरिदिएको भन्दै पन्छिन खोजेका थिए । प्रत्येक कागजातमा चौलागाइको हस्ताक्षर छ ।

अध्यक्ष थारुले उपमहानगरले सबै रकम प्रेस सल्लाहकार चौलागाइलाई दिएको र चौलागाइबाट रकम लिएर पत्रकार महासंघले विभिन्न कार्यक्रम संचालन गरेको बताए । नेपालगन्ज उपमहानगरपालिकाले संचार पत्रकारिता विकास कार्यक्रमको लागि विनियोजन गरेको ९ लाख ३४ हजार मध्यको रकमबाट नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषी चौलागाई र पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष थारु मिलेर हिनामिना गरेका छन् ।

नक्कली हस्ताक्षर र नक्कली विल बनाएर चौलागाइ र थारुले रकम हिना मिना गरेका हुन् । पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुले तयार पारेर नगरपालिका बुझाएको हरहिसावको प्रतिवेदनमा सहजकर्ताको रुपमा महासंघका पूर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा र वाहालवाला केन्द्रिय बरिष्ठ उपाध्यक्ष विपुल पोखरेल सहित २ दर्जन भन्दा बढी पत्रकारको नक्कली सस्ताक्षर गरी रकम हिनामिना गरेको विभिन्न प्रष्ट रुपमा देखिएको छ । त्यति मात्र नभइ कार्यक्रममै उपस्थित नभएका झा र पोखरेलको नाममा नक्कली हवाई टिकट, सहजकर्ताको भत्ता, २ दिनसम्म बास बसाएको नक्कली विल पेस अध्यक्ष थारु र चौलागाईले उपमहानगरपालिकामा पेश गरेका छन् ।

प्रत्येक प्रतिवेदन र विलमा पत्रकार महासंघ बाँकेको छाप हस्ताक्षर र प्रेस सल्लाहकार चौलागाइको हस्ताक्षर रहेको छ । यसको नेपालगन्ज उपमहानगरपालिकाले समिती गठन गरेर छानविन अगाडी बढाएको छ । प्रेस सल्लाहकार चौलागाई निलम्वित यसैबीच, नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहका शुक्रऋषी चौलागाइ निलम्वित भएका छन् । उनलाई नेपालगन्ज उपमहानगरपालिकाले निलम्विन गरेको हो । उपमहानगरपालिकाका प्रवक्त प्रमोद रिजालका अनुसार, उपमहानगरपालिकाले संचार पत्रकारिता विकास कार्यक्रम अन्र्तगत छुट्याएको रकममा अनियमिता भएको कुरा बाहिर आएपछि प्रेस सल्लाहकार चौलागाइलाई निलम्विन गरिएको हो ।

‘प्रेस सल्लाहकार चौलागाइलाई कुनै काम गर्न दिइएको छैन, त्यो निलम्विन भएरनै हो ।’ प्रवक्ता रिजालले सद्भावसंग भने –‘छानविन समितिले छानविन गरिरहेको छ, बाँकी के गर्ने भन्ने कुरा छानविन समितिको प्रतिवेदनपछि थाहा हुन्छ ।’ उपमहानगरपालिकाले कार्यपालिका सदस्य कौशल कुमार धोवीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ । उक्त समितिलाई ७ दिनको म्याद दिइएको छ ।सेतो खरी डट्कम बाट सभार

प्रतिक्रिया दिनुहोस