हालको समयमा रगतको कमि भई रगतको अभावमा बिरामीको मृत्यु समेत हुन सक्ने सम्भावना भएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका सचिव आलोक गजुरेलले बताए । ”रगतको अभावमा ज्यान गुमाउन नपरोस भनि हामिले यो कार्यक्रम गर्न लागेका हौ ।”
रगतको अभावमा बिरामीको मृत्यु हुन सक्ने सम्भावनालाई न्युनिकरण गर्ने सो कार्यक्रम फलदायी हुने तिनपिप्ले टोल सुधार समितिका उपाध्यक्ष राजकुमार अर्यालले बताए ।”रगत अभाबले रगत जुटाउन ब्लड बैंक पुग्ने भन्दा सामाजिक सञ्जाल नै रगत जुटाउनका लागि सजिलो माध्यम बन्दै गएको छ । ब्लड बैंक अपायक ठाउँमा हुँदा आम सर्वसाधारणले पाएको दुःख त छदै थियो बालकुमारीसम्म पुगेर पनि रगत नपाउने समेत अवस्था भएको बेलाबखत समाचार बाहीर आइरहेको छ ।” उपाध्यक्ष राजकुमार अर्यालले बताए ।
चैत्र १६ गते शनिवार बिहान १० बजे बाट सुरु हुने बृहत रक्तदान कार्यक्रम तिनपिप्ले टोल सुधार समितीले आयोजना र ब्लड डोनर एशोसिएसनको सहयोगमा हुन लागेको हो ।