• २०८० असोज ४ गते बिहिवार

आखिर कसले सम्झने उनलाई ? दुर्घटना एउटै, मरण फरक ?

पढ्न लाग्ने समय : २ मिनेट

फागुन १६, काठमाडौं । बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । हेलीकप्टर दुर्घटना मर्माहत बनायो देशनै रोयको छ ।  यती बेला संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी लगायत सवैमा हार्दिक श्रदान्जली ।

हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका सस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री रबिन्द्र अधिकारी ,यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा,नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे,प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल , नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसी को मृत्यु भएको थियो ।

ताप्लेजुङ दुर्घटनामा परेका  सबैले चर्चा गरे तर कसले सम्झिने सुरक्षाकर्मी अर्जुन घिमिरेलाई ? को हुन् अर्जुन घिमिरे ?

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेमा मन्त्री अधिकारीका पर्सनल सेक्यूरिटी अफिसर (पीएसओ) अर्जुन घिमिरे पनि छन् । सैनिक मुख्यालय जंगी अड्डाको अभिलेख अनुसार उनी २०५८ सालमा नेपाली सेनाको सेवामा प्रवेश गरेका थिए । उनी १० भदौदेखि मन्त्री अधिकारीको गार्ड कमाण्डर भएर खटिएका थिए । घिमिरे सेनाको जमदार पदमा कार्यरत् थिए ।

०३९ सालमा जन्मिएका घिमिरेको स्थायी घर रामेछापको साबिक गुम्देल गाविस–७, हाल उमाकुण्ठ गाउँपालिका–१ मा छ । केहीवर्ष अघि सेनाको शान्ति मिसनमा गएर उनले कीर्तिपुरमा घर पनि बनाएका थिए । कीर्तिपुरस्थित घरमा उनकी श्रीमती शैलु घिमिरे र १० वर्षीय छोरा असिम घिमिरेका साथ बस्दै आएका थिए । । उनी स्थानीय विद्यालयमा अध्ययनरत् छन् । उनको बुबा उद्योगबहादुर घिमिरेको निधन भएको एक वर्ष पनि पुगेको छैन । ‘उनको बुबाआमा दुवै जना खेती किसानी गर्नु हुन्थ्यो । । आमा अहिले पनि गाउँमै हुनुहुन्छ । छोराको मृत्युको खवर बाट बेहोसी रहेकी आमा अहिले काठमाडौं आउन लाग्नु भएको छ । अर्जुन घिमीरे परिवारको जेठो छोरा हुनुहुन्छ । ५ जना छोराछोरी मध्ये ३ बहिनीहरुको विवाह भइसकेको छ भने अर्का छोरा भिमसेन घिमिरे पनि नेपाली सेनामै कार्यरत् छन् । ‘

सबैलाई माया र आदर गर्ने स्वभावको अर्जुन अन्तरमुखी प्रतिभाका थिए । कम कोल्ने उनले डिप्लोमा तहसम्मको पढाइ सकेका थिए । उनले ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा पढेका थिए । प्रारम्भिक शिक्षा भने जनसेवा माविबाट लिएका थिए भने एसएलसी हिममगंगा मावि, सोलुखुम्बुबाट दिएका थिए । पढाइ औसत खालको रहेको उनको घरबाट विद्यालय पुग्न करिब दुई घन्टा लाग्थ्यो । ‘

प्रतिक्रिया दिनुहोस