• २०८० असोज ४ गते बिहिवार

नेपाली काग्रेसका सभापतिले जारी गरे शोक विज्ञप्ति

पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ताप्लेजुङमा भएको हलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

कांग्रेस सभापति देउवाले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको दुर्घटना भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।

विज्ञप्ति जारी गर्दै देउवाले रवीन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलाव व्यक्तिगत रुपमा भद्र रहेको बताएका छन् ।

‘रवीन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो,’ देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘उहाँको आकस्मिक घटनामा निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिस्ट पार्टी र उहाँको व्यक्तिगत परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस