• २०८० मङ्सिर २५ गते सोमवार

स्वचालित हातहतियार सहित एक जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, सुनसरी । धरान उपमहानगरपालिका-६ पानबारी चोक्टीबाट २ थान स्वचालित आधुनिक हतियार सहित मोरङ केराबारी गाउँपालिका-१० बाहुनी बस्ने ४२ वर्षीय संगित भनेर समेत चिनिने देवकुमार लिम्बु लाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी पानबारी सुनसरीबाट खटिएको प्रहरी टोलीले विभिन्न नाकाहरुमा चेकप्वाईन्ट खडा गरि चेकजाँच तथा खानतलासी गर्ने क्रममा धरानबाट मोरङको केराबारीतर्फ जाँदै गरेको मे.५ प ७५ नम्बरको मोटरसाइकल जाँच गर्न खोज्दा नरोकी भागेपछि प्रहरीले तत्कालै पिछा गर्दै जाँदा उक्त मोटरसाइकलका चालक लिम्बुलाई मोटरसाइकलमा लुकाई राखेको हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

तलासीको क्रममा मोटरसाईकलमा चामलको बोराभित्र पलाईको बाकस र सो बाकसभित्र कपडाको तन्नाले बेरी लुकाई राखेको अवस्थामा बरामद भएका निम्न हतियार र मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

बरामद हातहतियारहरुको विवरण

१-M 16A2 अमेरिकी Rifle १ नाल, यसमा प्रयोग हुने म्यागजीन थान १
२-Light Machine Gun (LMG) १ नाल यसमा प्रयोग हुने म्यागजीन थान २
३-LMG हतियार माउण्ट गरेर प्रयोग गर्न मिल्ने बाईपड थान१

प्रतिक्रिया दिनुहोस