फागुन १६, दाङ । तुलसीपुर बाट चिल्लीकोट तर्फ जादै गरेको पिकअप जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका १९ बाहिरी संग्राम स्थित दुधरास बाट चिल्लीकोट तर्फ जादै गरेको लु १ च ५९१२ नं.को पिकअप जिप हिजो साझ १७:३० वजे सडकवाट अन्दाजी १०० मिटर तल खस्न गई दुर्घटना हुदा जिपमा सवार १० जना मध्ये २ जनाको घट्नास्थलमै मृत्यु भएको छ। ३ जना यात्रुलाई सकुसल उद्दार गरिएको र घाईते ५ जनालाई उपचारको लागी तुलसीपुर पठाइएको छ ।
घटनास्थलमा मृत्यू हुनेमा तुलसीपुर उपमहानगरपालिका १९ बासगढी बस्ने बर्ष १९ को चालक तथा सवारी धनी लाल ब.वली र तुलसीपुर उपमहानगरपालिका १९ छिल्लीकोट बस्ने बर्ष ५५ को अम्बर ब. वली रहेका छन् ।
घाईतेहरुमा तुलसीपुर उपमहानगरपालिका १९ छिल्लीकोट बस्ने बर्ष ४४ को कर्ण ब. खड्का, लिला ब. खड्का ,घोराही उपमहानगरपालिका १५ बस्ने सपना सिंह ढकुरी र अन्य २ जना घाईतेको नामावली आउन वांकी रहेको जिल्ला प्रहरी कार्यालय दाङ का प्रवक्ता तथा सूचना अधिकृत प्र.ना.उ. राम प्रसाद घर्ती मगरले खवर ट्वान्टिफोर नेपाल लाई जानकारी दिनुभयो ।