- दिपा अधिकारी अर्याल
लामो रैछ जिन्दगि बाच्न अलि गार्यो पर्यो
हर कदममा पिडा पर्दा खुसि सहन सार्यो पर्यो
हर वाचा वन्धन छलेर एकअर्कालाई अंगाल्यौ
माया त होइन अविश्वासको खेति सम्हाल्यौ
तिम्रो हर सोच हर कदम मेरो लागि लकिर भयो
मेरा हर इच्छा चाहाना तिम्रो लागि वेकार भयो
चाहेर पनि सकिन मैले तिम्रो साथ छोड्न
सहि नै रहे हर वचन विश्वासको दियो जोड्न
चाहिदैन केहि मलाई चोखो माया दिए पुग्छ
विश्वास र साथको छत दिए पुग्छ
हजार खुसि बिछाई दिन्छु तिम्रो नाममा भनि
बस केहि होइन विश्वास माग्छु यसको बदला म पनि
तारकेश्वर न.पा ३, काठमाडौं