• २०८० फाल्गुन १० गते बिहिवार

टोखा ग्रिनल्याण्डमा घरको छतबाट खसेर बालिकाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

पौष ११,काठमाडौँ  । काठमाडौंको टोखा नगरपालिका-६, ग्रिनल्याण्डमा घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ ।

बुधबार स्कुलबाट फर्किएर खेलिरहेका बेला ५ तलामाथिबाट खसेर स्थानीय ग्रिनल्याण्ड स्कुलमा अध्ययनरत् अनिषा पौडेलको मृत्यु भएको हो । छतबाट खस्दा कम्पाउण्डको बारमाथि लगाइएको धारिलो रडमा उनी खोपिए लगत्तै आफन्त र नजिकै रहेको प्रहरी चौकी टोखाका अधिकृतहरु पुगेका थिए ।

प्रहरी र स्थानीयले केहीबेरमै रड काटेर बालिकालाई ग्राण्डी अस्पताल पुर्याएका थिए तर अस्पतालले मृत घोषित गरिदिएको थियो ।
रड काट्दासम्म बालिका जीवितै रहेको स्थानीयवासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस