• २०८१ पुष २९ गते सोमवार

भक्तपुरबाट ६ जुवाडेलाई प्रहरीले पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

पौष ११,भक्तपुर  । भक्तपुरबाट ६ जुवाडेलाई प्रहरीले पक्राउ परेका छन् ।

बिहीबार राति सूर्यबिनायक नगरपालिका-२ बालकोटबाट ४२ वर्षीय राम रानाभाटको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय जीवन श्रेष्ठसहित ६ जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नगद ५१ हजार ९५ रुपैयाँ र ३ बुक ताससहित महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस