• २०८१ पुष २९ गते सोमवार

१०० जना चढेकाे विमान अलमाटी शहरकाे भवनमा ठाेक्कियाे !

पढ्न लाग्ने समय : १ मिनेट

पौष, ११ एजेन्सी । काजकस्तानका अलमाटी शहर नजिकै एक सय जना सवार विमान दुर्घटनाग्रस्त भएको छ ।

स्थानीय समयअनुसार शुक्रबार बिहान यात्री र चालक दलका ५ सदस्य गरी १०० जना सवार रहेकाे विमान दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । देशको सबैभन्दा ठूलो सहर अल्माटीबाट राजधानी नुरसुल्तानका लागि उडेको साे विमान कङ्क्रिटको एउटा संरचनामा ठोकिएपछि एउटा दुईतले भवनमा जोतिएको बताइएको छ ।

दुर्घटनाग्रस्त विमानमा केहीका जिवितै उद्दार गरिएको बताइएको छ । सो विमान अलमाटीबाट नुर सुल्तानतर्फ जाँदै गरेको बताइएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस