• २०८० चैत्र ३० गते शुक्रवार

प्रदेश २ को प्रदेशसभा बैठक पौष १४ गते बस्ने

पढ्न लाग्ने समय : १ मिनेट

पौष, ११ जनकपुर । प्रदेश-२ को प्रदेशसभा बैठक पौष १४ गते १ बजे बस्ने भएको छ ।

बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिले पौष १४ गते बैठक बोलाउने निर्णय गरेपछि करिब डेढ महिनापछि प्रदेशसभाको बैठक बस्न लागेको हो ।

बैठक सञ्चालन गर्नेबारे सरकारले निर्णय गर्न नसक्दा चौथो अधिवेशन सञ्चालन हुनुपर्नेमा हालसम्म तेस्रो अधिवेशनसमेत अन्त्य हुन सकेको छैन । गत वर्ष चैत महिनामा सुरु भएको प्रदेशसभाको तेस्रो अधिवेशन हालसम्म जारी छ ।

प्रदेशसभाको पछिल्लो बैठक २९ कार्तिकमा बसेको थियो । अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएपछि सो बैठक बस्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस